काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।
विराटनगरका लागि इमरान शेखले सर्बाधिक ५६ रन बनाए भने लोकेश बमले ५० रन बनाएका थिए । त्यसैगरी आन्द्रे रसेलले २८ बलमा अर्धशतक बनाउदै अविजित ५२ रन बनाएका थिए ।
त्यस्तै जनकपुर बोल्ट्सका बलर अभिषेक तिवारीले २ विकेट लिएका थिए भने मोईन अलीले एक विकेट लिए ।









