• २०८३ कार्तिक १७ मंगलबार

पोखरा एभेन्जर्सले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

पोखरा एभेन्जर्सले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको हो ।

पोखराका लागि चमिका करुनारत्नेले सर्बाधिक २५ रन बनाएको छ भने कप्तान कुशल भुर्तेलले १४ रन बनाए । त्यस्तै मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए ।

त्यस्तै लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने तिलक रानाभाटले २ विकेट लिएका थिए । त्यस्तै शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले एक एक विकेट लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै