• २०८३ कार्तिक १७ मंगलबार

विराटनगर किंग्सले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

विराटनगर किंग्सले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो । 

विराटनगरका लागि इमरान शेखले सर्बाधिक ५६ रन बनाए भने लोकेश बमले ५० रन बनाएका थिए ।  त्यसैगरी आन्द्रे रसेलले २८ बलमा अर्धशतक बनाउदै अविजित ५२ रन बनाएका थिए । 

त्यस्तै जनकपुर बोल्ट्सका बलर अभिषेक तिवारीले २ विकेट लिएका थिए भने मोईन अलीले एक विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै