काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ सयले बढेर दुई लाख ७५ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी ३७२० रुपैयाँमा कारोबार भएको थियो ।









