काठमाडौँ । नेपाल ए टिम आज साउथ अस्ट्रेलिया टिमसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदैछ ।
एकदिवसीय सिरिज अन्तर्गत नेपाल ए पहिलो खेलमा तासमानियासँग पराजित भएको थियो । नेपाल ए ले सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।
नेपाल ए ले यसअघि टप एन्ड सिरिज खेलेको थियो । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो ।
नेपाल ए टिममा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।









