• २०८३ भदौ १८ बिहीबार

भोटेकोशी बाढीपछि १२५९ जनाको शव भेटियो, सम्पर्कविहिन हुने पाँच हजार नाघे

भोटेकोशी बाढीपछि १२५९ जनाको शव भेटियो, सम्पर्कविहिन हुने पाँच हजार नाघे

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२५९ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२५९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८  र नवलपरासी पश्चिममा २१२ जनाको शव फेला परेको छ ।

अहिलेसम्म ९५ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ५ हजार ८३ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका २१३०, नुवाकोटका २३४० र विदेशी नागरिक ५८३ रहेको विवरणमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै