• २०८३ असार ३ बुधबार

माउन्ट एभरेस्ट पावरको आइपिओ आजदेखि खुला

माउन्ट एभरेस्ट पावरको आइपिओ आजदेखि खुला

काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन खुला गरेको छ । कम्पनीले कुल १४ लाख २७ हजार ६ सय कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याएको हो ।

यस आइपिओको प्रारम्भिक आवेदन आजदेखि सुरु भएको छ र आवेदन दिने अन्तिम दिन असार ८ गतेसम्म रहेको छ । यदि माग कम परेमा आवेदन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ६० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि वितरण गरिएको थियो। बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि हो ।

यस सर्वसाधारण कोटामध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । त्यस्तै कुल प्रस्तावित सेयरमध्ये २ प्रतिशत अर्थात् ३४ हजार ४ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । अब बाँकी रहेको १४ लाख २७ हजार ६ सय कित्ता सेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले सम्हालेको छ। आवेदन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म दिन सकिने व्यवस्था छ ।

क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंकिङ क्षमता मूल्यांकन गर्दै ‘केयर एनपी बीबी प्लस’ र अल्पकालीनतर्फ ‘केयर एनपी ए फोर प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ, जुन जुलाई ३१, २०२४ देखि उत्पादनमा आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै