• २०८३ बैशाख २० आइतबार

विश्वकप डिभिजन लिग- २ मा आज ओमान र युएई आमने सामने

विश्वकप डिभिजन लिग- २ मा आज ओमान र युएई आमने सामने

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज ओमान र युएईबीच खेल हुदैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजमा ओमानले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै  युएईले नेपालसँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानलाई पराजित गरेको छ ।

त्यस्तै लिग-२ को अंकतालिकामा ओमान २६ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ भने युएई २३ खेलमा १२ अंकसहित पुछारमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा ओमान र युएई अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा ओमानले ६ खेल जितेको छ भने युएईले ३ खेल जितेको छ । त्यस्तै एक खेल बराबरीमा सकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै