• २०८३ बैशाख २० आइतबार

सगरमाथा आधार शिविर नजिक शेर्पा मृत्यु, शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइयो

सगरमाथा आधार शिविर नजिक शेर्पा मृत्यु, शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइयो

काठमाडौं । सगरमाथा आधार शिविर नजिकै सेभेन समिटसँग आवद्ध गाइड लाक्पा डेन्डी शेर्पाको आइतबार निधन भएको छ ।

सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार करिब १२ बजे आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।

शेर्पा विगत लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय रहँदै आएका थिए । सेभेन समिटमार्फत विभिन्न आरोहण अभियानमा संलग्न थिए ।

मृतक शेर्पाको शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै