काठमाडौं । सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपछि सभामुख डिपी अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
बुधबार सभामुख अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफल गरेका हुन् ।
बैठक बारे जानकारी दिदै राप्रपाकी सांसद खुस्बु ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग भएकोले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिएकी छन् ।
राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको भन्दै उनले अब आगमी दिनमा यसलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइन ।









