• २०८३ जेठ २३ शनिबार

रौतहटमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

रौतहटमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटमा मालवाहक ट्रक र विद्युतीय सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

बुधबार रौतहटको चन्द्रपुर-१ मंगलपुरको पूर्व-पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार बाग्मती प्रदेशको ०३-००१ जे ०४५२ को विद्युतीय सोकोन गाडी र सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ०३-००१ बी ८६०० नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देविको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै