काठमाडौँ । सरकारले विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको हो ।
यसअघि बुधबार संसदको राज्य व्यवस्था समितिले पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न निर्देशन दिएको भएपनि सरकारले पोखरेललाई एआइजी बनाउने निर्णय गरको छ ।
समितिको बैठकमा उपस्थित रहेका गृहमन्त्री रामबहादुर थापाले समितिको निर्देशनलाई पालना गर्ने बताएका थिए ।









