• २०८३ बैशाख १२ शनिबार

एमपीएच, एमडी र एमएस इन बेसिक साइन्सेसको शैक्षिक उपाधिलाई निश्चित मापदण्डका आधारमा समकक्ष मान्ने काउन्सिलको निर्णय

एमपीएच, एमडी र एमएस इन बेसिक साइन्सेसको शैक्षिक उपाधिलाई निश्चित मापदण्डका आधारमा समकक्ष मान्ने काउन्सिलको निर्णय

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसपछि प्राप्त एमपीएच, एमडी र एमएस इन बेसिक साइन्सेसको शैक्षिक उपाधिलाई निश्चित मापदण्डका आधारमा समकक्ष मान्ने निर्णय गरेको छ । काउन्सिलको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिएका हुन् ।

काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस दुवै चिकित्साशास्त्रअन्तर्गत समान तहको स्नातक उपाधि मानिन्छ । यी दुवै अध्ययनपछि चिकित्साशास्त्रको स्नातकोत्तर तहमा नन–क्लिनिकल विशेषज्ञता वा एमपीएच, एमडी तथा एमएस अध्ययन गरिने भएकाले ती उपाधिको ज्ञान, सीप र जनस्वास्थ्य तथा स्वास्थ्य व्यवस्थापनमा योगदान समान र विशिष्टीकृत हुने निष्कर्ष निकालिएको छ ।

सम्बन्धित शिक्षण संस्थाको पाठ्यक्रम र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै एमबीबीएस वा बीडीएसपछि प्राप्त एमपीएच, एमडी तथा एमएस इन बेसिक साइन्सेसलाई निश्चित मापदण्ड पूरा गरेपछि समकक्ष मानिने काउन्सिलले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै