• २०८३ कार्तिक १९ बिहीबार

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

काठमाडौं । जलन उपचार सेवालाई विस्तार र गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत तालिम प्रदान गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिनको तालिम सम्पन्न भएको हो । तालिममा नारायणी अस्पताल, वीरगञ्ज र प्रदेश अस्पताल, सुर्खेतका चार/चार जना सहभागी थिए ।

कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिमबाट जलन उपचारसम्बन्धी दक्ष जनशक्ति उत्पादन हुनुका साथै सम्बन्धित अस्पतालमा जलन उपचार कक्ष स्थापना र सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै