• २०८३ कार्तिक १९ बिहीबार

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।
बुधबार अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरे। भेटमा  अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।
आजै आफ्नो दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका मिश्रीले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेटवार्ता गरेका थिए । 
मिश्रीले विहिबार स्वदेश फर्किनु अघि प्रधामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यसुची रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै