• २०८३ कार्तिक १८ बुधबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बुधबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा साथै  कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको  हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै