• २०८३ कार्तिक १७ मंगलबार

जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवती महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवती महिलाको हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्यामा परेकी डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ की एक गर्भवती महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत कात्तिक १७ गते ती महिलालाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्‍याइएको हो ।

भौगोलिक विकटताका कारण स्थानीय स्तरमा आवश्यक उपचार सम्भव नभएपछि उनको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याई सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै