• २०८३ कार्तिक १७ मंगलबार

वेस्ट ह्यामका प्रशिक्षक नुनो बर्खास्त

वेस्ट ह्यामका प्रशिक्षक नुनो बर्खास्त

काठमाडौँ । वेस्टह्याम युनाइटेडले मुख्य प्रशिक्षक नुनो एस्पिरितो सान्तोलाई तत्काल लागू हुने गरी पदबाट हटाएको छ ।

इङ्लिस च्याम्पियनसिपको सिजन सुरुआतको विस्तृत समीक्षा गरेपछि क्लबको सञ्चालक समितिले प्रशिक्षक परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ ।

नुनोसँगै सहायक प्रशिक्षक रुई पेड्रो सिल्भा र गोलरक्षक प्रशिक्षक रुई बार्बोसाले पनि क्लब छाडेका छन् । क्लबले उनीहरूले आफ्नो कार्यकालमा गरेको मेहनत र प्रतिबद्धताप्रति धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना दिएको छ ।

क्लबले नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरिसकेको जनाएको छ । नयाँ प्रशिक्षक नियुक्त नहुँदासम्म मार्क नोबल, स्टिभ पोट्स र जेरार्ड प्रेन्डरभिलले टोलीको तयारीको जिम्मेवारी सम्हाल्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै