काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दशैँपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल गरि आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ ।









