• २०८३ भदौ १८ बिहीबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०४ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने कोशीमा २० जना, काठमाडौँ उपत्यकामा २० जना, सुदूरपश्चिममा १५ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ११ जना, करंलीमा ३ जना र गण्डकीमा ४ जना घाइते भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै