काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७ हजार ६ सयले बढेर तोलाको ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १४५ रुपैयाँले बढेर ४७२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो ।









