• २०८३ असार १० बुधबार

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ ।

सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नभएको निष्कर्ष निकाल्दै बजेटलाई एकतर्फी ढंगले अघि बढाइएको आरोप लगाएको छ ।

धनगढीस्थित प्रदेश कार्यालयमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। बैठकमा जिल्लास्तरीय गतिविधिको समीक्षा गर्दै समसामयिक राजनीतिक विषयमा छलफल गरिएको थियो ।

एमालेले संघीय बजेटमा सुदूरपश्चिम, विपन्न वर्ग र दुर्गम क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको भन्दै थप बजेट र कार्यक्रमको माग गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै