• २०८३ असार ४ बिहीबार

आज संघीय संसदका तीन समितिको बैठक बस्दै

आज संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बिहान ९ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा वार्षिक कार्यक्रमको वारेमा मन्त्रीसँग छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आगामी स्थानीय निर्वाचनको पुर्वतयारी सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै