• २०८३ असार २ मंगलबार

इरान र न्यूजील्याण्ड बराबरीमा रोकिए

इरान र न्यूजील्याण्ड बराबरीमा रोकिए

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत इरान र न्यूजील्याण्ड बराबरीमा रोकिएका छन् । 

लस एन्जलस स्टेडियममा मंगलबार सम्पन्न खेलमा इरान र न्युजील्यान्डलाई २–२ गोलको बराबरीमा रोकिएका हुन् । 

न्युजील्यान्डका लागि इजिल जस्टले दुवै गोल गरेका थिए । उनले गोल गर्दै न्युजील्यान्डले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो ।

त्यसपछि इरानले खेलको ३२औं मिनेटमा बराबरी गोल फर्कायो । इरानका लागि रमनी रेजाइनले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि न्युजील्यान्डका लागि जस्टले खेलको ५४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर न्यूजील्याण्डको अग्रता फेरी पनि लामो समय टिक्न सकेन र इरानका लागि मोहम्मद मोहेबीले खेलको ६३औं मिनेटमा गोल गर्दै खेल बराबरी भएको थियो ।

यो बराबरीपछि समुह जी मा चारै टिमको एक एक अंक रहेको छ ।यस समुहका बेल्जियम र इजिप्ट पनि एक एक गोलको बराबरी खेलेका थिए ।

अब इरानले अर्को खेल बेल्जियमसँग जुन २२ मा खेल्ने छ भने जुन २६ मा इजिप्टसँग खेल्ने छ । त्यस्तै न्यूजील्याण्डले जुन २२ मा इजिप्टसँग खेल्ने छ भने जुन २७ मा बेल्जियमसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै