• २०८३ बैशाख १६ बुधबार

रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कसैलाई घरबार बिहिन नबनाउने बताएका छन् ।

बुधबार रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति लामिछानेले  सुकुम्बासी समस्या समाधान गर्नेक्रममा सरकारले कसैलाई घरवार विहिन नबनाउने बताएका हुन् ।

उनले भने- 'जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ । कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्य वारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो। देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शिघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन ।'

उनले सरकारले घरबार बिहिन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसर वारे जिम्मेवारी लिन्छ भन्दै कोही सुकुम्बासीहरूलाई घरबार बिहिन हुन दिने छैन र आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य भएको बताएका छन् । उनले अनावश्यक राजनीतिकरण नगर्न र कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर 'भोट बैंक' को राजनीति गर्नु गलत भएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै