काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । शुक्रबार निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा आइपिओ बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो ।
कम्पनीको जारी पुँजी ४७ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ४ लाख ७० हजार कित्ता शेयर ओखलढुंगा, सोलुखुम्बु र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको थियो। बाँकी २० प्रतिशत अर्थात् ९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
सर्वसाधारणतर्फको निष्कासनमध्ये ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १८ हजार ८०० कित्ता कर्मचारीका लागि र ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी ७ लाख ८० हजार २०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।
यस आइपिओमा २७ लाख २७ हजार ११७ वटा योग्य आवेदनबाट २ करोड ९८ लाख ५१ हजार ३८० कित्ताका लागि आवेदन परेको थियो। यस्तै ४३ हजार ९०१ आवेदनबाट ५ लाख ३ हजार ७५० कित्ताको आवेदन अयोग्य ठहरिएको थियो ।
बाँडफाँट परिणामअनुसार गोलाप्रथामार्फत ७८ हजार २० जना आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ ।




2026-04-24-01-18-18_1000x694_50.webp)




