काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल रेड र नेपाल ब्ल्यु टिम बनाएर एक दिवसीय सिरिज खेलाउने भएको छ ।
क्यानल अप्रिल २६, २८ र ३० मा माथिल्लो मुलपानी मैदानमा सञ्चालन हुने नेपाल रेड र नेपाल ब्ल्यू टिमको घोषणा गरेको छ ।
जस अनुसार नेपाल रेडमा अनिल कुमार साह (कप्तान), तृत राज दास, दीपक प्रसाद डुम्रे, विवेक राना मगर, ईशान पाण्डे, सुभ कंसकार, कुशल मल्ल, रसिद खान, शङ्कर राना, हेमन्त धामी, विशाल पटेल, प्रतिष जीसी, शेर मल्ल, युवराज खत्री, सागर ढकाल र अभिशेष गौतम रहेका छन् ।
त्यस्तै नेपाल ब्ल्यू टिममा देब खनाल (कप्तान), मयन यादव, अर्जुन घर्ती मगर, अर्जुन साउद, अरनिको यादव, सन्दीप जोरा, पवन सराफ, नारायण जोशी, सन्तोष यादव, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, साहब आलम, विपिन खत्री, प्रकाश जैसी र दीपेश कँडेल रहेका छन् ।









