काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आल्भेजमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरेका थिए ।
त्यस्तै आल्भेजका लागि एक गोल टोनी मार्टिनेजले गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको ३२ खेलमा ७३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड एक खेल कम खेलेको बार्सिलोना भन्दा ६ अंकले पछाडी रहेको छ ।
त्यस्तै आल्भेजको ३२ खेलमा ३३ अंक रहेको छ र लिगमा १७औ स्थानमा छ ।









