काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठक सोमबार दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्नेछ ।
बैठकमा सबै सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । बैठकले पार्टीको महाधिवेशन बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।









