• २०८३ बैशाख ४ शुक्रबार

पाकिस्तानका सेनाप्रमुख र इरानका सभामुखबीच भेटवार्ता

पाकिस्तानका सेनाप्रमुख र इरानका सभामुखबीच भेटवार्ता

काठमाडौँ । पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीरले इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफसँग भेटवार्ता गरेका छन् ।

बुधबार तेहरान पुगेका मुनीरले विहिबार सभामुख गालिबाफसँग भेटवार्ता गरेको  इरानको सरकारी सञ्चारमाध्यमले यसबारे जानकारी दिएको छ ।

मुनीरको इरान भ्रमण क्षेत्रीय तनाव बढ्न नदिन भइरहेको प्रयासकै बीचमा भएको बताइएको छ । यसअघि इस्लामाबादले सम्बन्धित पक्षहरूबीच पहिलो चरणको शान्ति वार्ता आयोजना गरेको थियो, जसलाई क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण कदम मानिएको छ । मुनीर अमेरिकाले दिएको इरानसँग सहमतिका नयाँ प्रस्ताव लिएर तेहरान पुगेको दाबि गरिएको छ । सभामुख गालिबाफले हालै इस्लामावादमा भएको अमेरिकासँगको वार्तामा इरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

इरानले भने अमेरिकासँग भइरहेको वार्ताबाट धेरै अपेक्षा नरहेको स्पष्ट पारेको छ । उसले अमेरिका प्रति विश्वास पनि नगरेको बताउँदै वार्ता भए पनि नतिजाप्रति आशंका रहेको जनाएको छ ।

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका सदस्य वाहिद अहमदीका अनुसार अब निर्णय अमेरिकाको हातमा रहेको छ । उनले अमेरिका इरानका मागहरू स्वीकार गर्न तयार भएन भने परिस्थिति अझ जटिल बन्न सक्ने चेतावनी दिएका छन् । उनले सकारात्मक जवाफ नआए इरान युद्ध जारी राख्न हिचकिचाउने अवस्था नरहेको समेत बताएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै