• २०८३ भदौ १८ बिहीबार

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ अप्रिल १० र ११ मा प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्समा सफलतापूर्वक सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए।

प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फर्म्याटमा ¾ ह्यान्डिक्याप का आधारमा खेलाइएको थियो। पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनर-अप भए।

बेस्ट ग्रस विनर को उपाधि हरि बहादुर थापाले ३५ स्कोरसहित जिते। महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनर-अप रहिन् ।

सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनर-अप बने। सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणि लाल थापा विजेता बने । महिलातर्फ सिनियर (६० वर्षमाथि) मा  देवी पुलामी तथा सुपर सिनियर (७० वर्षमाथि) मा  सन्ध्या राई विजेता घोषित भए ।

विशेष विधातर्फ हरि बहादुर थापा ले होल नम्बर १२ मा होल इन वान गर्दै प्रतियोगिताको विशेष आकर्षण बने । मोस्ट बर्डीज अवार्ड  कर्बिर तामाङ ले ४ बर्डीसहित जिते । त्यस्तै, लंगेस्ट ड्राइभ (होल ११) मा  सरोज थापा, क्लोजेस्ट टु द पिन (होल १२) मा  खिम गौचन, तथा स्पोर्ट्सम्यानसिप प्राइज ब्रिगेडियर जनरल शशि किरण रायमाझी ले प्राप्त गरे ।

प्रतियोगितामार्फत कार्ल्सबर्गले स्पोर्ट्सम्यानसिप, कमरेडेरी र प्रिमियम स्पोर्टिंग लाइफस्टाइलप्रति आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको आयोजकले जनाएको छ । रोयल नेपाल गल्फ कोर्समा सम्पन्न यस प्रतियोगिताले सहभागीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धासँगै कार्ल्सबर्ग सिग्नेचर ब्राण्ड एक्सपेरियन् प्रदान गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै