• २०८३ बैशाख ४ शुक्रबार

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौँ महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ ।

पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना 'मेरो रहर, सुन्दर र हरित सहर' कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो । आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार अहिले सिंहदरबार अगाडिको भागमा वेगमवेली जातका फूल रोपिएका हुन् ।

यो फूल पहेलो, रातो, गुलावीलगायत रङमा फुल्छ । फूल फुलाउने कार्यलाई नियमित गराउन गमलाहरु सिमेन्टका राखिएका छन् । किनाराका स्थायी ठुला सिमेन्टका गमलामा विरुवा लगाउने, फूल राप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ ।  यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै