• २०८३ बैशाख ६ आइतबार

नेपाल लाओससँग पराजित

नेपाल लाओससँग पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओसले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ४७औं मिनेटमा लाओसका बोउनफानचानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जित पछि लाओसको ६ खेलमा ६ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ भने नेपालले ६ खेलमा ३ अंकसहित पुछारमा रहेको छ ।  नेपाल र लाओस दुवै छनौट चरणबाट भने यसअघि नै बाहिरिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै