• २०८३ बैशाख ५ शनिबार

क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-७ बस्ने गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ घर भएका ४५ वर्षीय रबिन्द्र जंग रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । 

रबिन्द्रले क्रोएशिया पठाइदिन्छु भनी ३ जना पीडितहरूबाट ११ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै