• २०८३ बैशाख ७ सोमबार

श्रीमतीको हत्या गरेको अभियोगमा महोत्तरीबाट एक जना पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा महोत्तरीबाट एक जना पक्राउ

महोत्तरी । आफ्नो श्रीमती ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका-९ हरिहरपुर बस्ने औराही नगरपालिका-२ चेपकट घर भएका ४२ वर्षीय बिरेन्द्र सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

बिरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै