• २०८३ बैशाख ६ आइतबार

स्रोत नखुलेको नगदसहित महोत्तरीबाट पक्राउ

स्रोत नखुलेको नगदसहित महोत्तरीबाट पक्राउ

महोत्तरी । मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-७ बस्ने गौतम साहलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै