• २०८३ बैशाख ५ शनिबार

निर्वाचनले नेपाली राजनीतिको पुस्तान्तरण उल्टाउनै नसक्ने गरी भयो- डा. बाबुराम भट्टराई

निर्वाचनले नेपाली राजनीतिको पुस्तान्तरण उल्टाउनै नसक्ने गरी भयो- डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम निर्वाचनको परिणामले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी भएको दाबी गरेका छन् ।

उनले ४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो भन्ने भएको उल्लेख गर्दै उनले यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल र नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा भएको बताएका छन् ।

उनले भनेका छन्- '२०८२ को आमनिर्वाचन परिणामको व्याख्या विभिन्न ढंगले लामो समयसम्म हुनेनै छ। तर एउटा सर्वस्वीकार्य तथ्य के हो भने यसले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी गरेको छ ! ४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८% हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो। यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल/नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा हो !'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै