• २०८३ बैशाख ६ आइतबार

उत्तर कोरियाबाट जापानी समुन्द्रमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाबाट जापानी समुन्द्रमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

काठमाडौँ । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । जापानको तटरक्षक निकायले शनिबार दिउँसो उत्तर कोरियाबाट मिसाइल प्रक्षेपण गरिएको जानकारी दिएको हो ।

जापानको रक्षा मन्त्रालयका अनुसार उक्त मिसाइल जापानको विशेष आर्थिक क्षेत्र बाहिरको समुद्री क्षेत्रमा खसेको अनुमान गरिएको छ ।

घटनापछि जापान सरकारले प्रधानमन्त्री कार्यालयस्थित संकट व्यवस्थापन केन्द्रमा सम्बन्धित मन्त्रालय र निकायका अधिकारीहरू सम्मिलित आपतकालीन टोली गठन गरेको छ । टोलीले घटनाबारे जानकारी सङ्कलन गर्नुका साथै सम्भावित क्षतिको अवस्था जाँच गरिरहेको बताइएको छ ।

दक्षिण कोरियाको संयुक्त सेनाध्यक्ष समितिका अनुसार उत्तर कोरियाले १० भन्दा बढी छोटो दूरीका बैलिस्टिक मिसाइल प्रक्षेपण गरेको अनुमान गरिएको छ । दक्षिण कोरियाली सेनाका अनुसार ती मिसाइल राजधानी प्योङयाङ नजिकको सुनान क्षेत्रबाट जापान सागर तर्फ प्रक्षेपण गरिएको थियो ।

दक्षिण कोरियाले घटनाबारे जापान र अमेरिकासँग नजिकबाट जानकारी आदानप्रदान गरिरहेको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा सुरक्षा सतर्कता बढाइएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै