काठमाडौँ । चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे 'माग्ने बुढा' ले कुलमान घिसिङले चुनाव हारेकोप्रति व्यंग्य गरेका छन् ।
अघोषित रूपमा बत्ति जाने क्रम बढेपछि घिमिरेले सामाजिक सञ्जालमा व्यंग्य गर्दै बत्ती जाँदा सम्झिने, चुनाब आउँदा बिर्सिने ४ अक्षर के हो ? भन्दै प्रश्न गरेका हुन् ।
नेपालमा लोडसेडिङ अन्त्य गरेका कुलमानले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपा उम्मेदवार राजुनाथ पाण्डेसँग हार बेहोरेका थिए ।









