• २०८३ बैशाख ६ आइतबार

समानुपातिकतर्फको सिट बाँडफाँड, तीन दिनभित्र उम्मेदवार छनोट गर्न दलहरुलाई पत्राचार

समानुपातिकतर्फको सिट बाँडफाँड, तीन दिनभित्र उम्मेदवार छनोट गर्न दलहरुलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँड गरेको छ । समानुपातिक मतगणना सम्पन्न भएपछि आयोगले ११० सिट रहेको समानुपातिक सिट बाँडफाँड गरेको हो ।

आयोगका अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका छन् । 

आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गरेर आयोगमा बुझाउन पत्राचारसमेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख, ३५ हजार २५ मत सदर भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै