काठमाडौँ । इरानविरुद्ध अमेरिका- इजरायलले सुरु गरेको युद्धमा बेलायत सहभागी नहुने स्पष्ट पारेको छ ।
बेलायतका प्रधानमन्त्री केयर स्टारमरले आफ्नो देश प्रत्यक्ष सैन्य कारबाहीमा नजाने बताएका हुन् । उनले बेलायत अमेरिका-इजरायलको आक्रामक आक्रमणमा सामेल नहुने स्पष्ट पारेका छन् ।
यद्यपि उनले अमेरिकी प्रतिक्रियाका लागि बेलायती सैन्य अड्डाको सीमित प्रयोग गर्न अनुमति दिइएको जानकारी दिएका छन् ।
स्टार्मरका अनुसार बेलायतको निर्णय मित्र राष्ट्रहरूको आत्मरक्षा र विदेशमा रहेका बेलायती नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको हो ।









