• २०८३ बैशाख १० बिहीबार

गणतन्त्रमा नेपोबेबीको राज देखेर भदौ २३ र २४ मा जनता रिसाए- महामन्त्री थापा

गणतन्त्रमा नेपोबेबीको राज देखेर भदौ २३ र २४ मा जनता रिसाए- महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदै २३ र २४ को घटना राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर जनता रिसाएपछि भएको बताएका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदै २३ र २४ को घटना लाखौँ लाख जनता सरकारसँग रिस व्यक्त गरेको बताए ।   

उनले भने- 'भदौ २३ र २४ को घटनामा नेपालका लाखौँ लाख नरनारीले रिस र आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग व्यक्त गरेका हुन् । सरकारमा को थियौँ ? हामी थियौँ । संसद्मा को थियौँ ? हामी थियौँ । भ्रष्टाचार, कुशासनसँग जोडिएको आन्दोलन पनि थियो । राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर रिसाएका हुन् जनता ।'

उनले सभापति र कार्यवाहक सभापतिसहितका नेताहरु विशेष महाधिवेशनमा उपस्थित भएको हेर्न चाहे पनि त्यस्तो नभएको भन्दै अहिलेको संघर्ष सत्ता र पदको नभएर मूल्य र मान्यताको भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै