• २०८३ बैशाख १९ शनिबार

कामी रिता शेर्पाको ३१औं पटक सगरमाथाको आरोहण

कामी रिता शेर्पाको ३१औं पटक सगरमाथाको आरोहण

काठमाडौँ । कीर्तिमानी नेपाली पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक्सक अनुसार कामी रिताले आज बिहान करिब ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।

सोलुखुम्बुका कामी रिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन् । जनवरी २, १९७० मा  जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए। उनले पहिलो पटक १३ मे १९९४ मा सगरमाथाको आरोहण गरेका थिए  । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै