• २०८३ बैशाख ६ आइतबार

पोखरा विमानस्थल निर्माणमा कर छुट दिइयो, सिमेन्ट र डण्डी चीनबाट ल्याइयो- प्रेम आले

पोखरा विमानस्थल निर्माणमा कर छुट दिइयो, सिमेन्ट र डण्डी चीनबाट ल्याइयो- प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद प्रेम आलेले पोखरा विमानस्थल निर्माण गर्ने कम्पनीलाई २ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट दिएर भ्रष्टाचार भएको दाबी गरेका छन् । 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले कमिशनको आडमा राज्यले पाउनुपर्ने कर छुट दिइएको बताएका हुन् । 

बैठकमा उनले भने- ‘२ अर्ब २२ करोड ४० लाख रुपैयाँ राज्यले पाउनुपर्ने कर कमिशनको आडमा छुट दिइएको छ ।'

साथै, आलेले सन् २०१४ मा सो एयरपोर्ट निर्माण गर्न भारत र चीनबाट निकै महँगोमा सिमेन्ट र डण्डी ल्याइएको दाबि गरेका छन् ।  उनले भने- ‘त्यतिमात्रै होइन, २०१४ मा सिमेन्ट ल्याउँदा भारत र चाइनबाट मात्रै ल्याइएको छ । जबकी हाम्रै देशमा यत्रो सिमेन्ट उद्योगहरु छ, तर हाम्रो देशबाट ल्याइएन, एक केजी सिमेन्टको ५० रुपैयाँ यहाँ रेट राखिएको छ । अहिलेकै रेट हेर्दाखेरी पनि जम्मा १५ रुपैयाँ केजी छ । कति भ्रष्टाचार भयो होला ल भन्नु त ? डकुमेन्ट छ, डकुमेन्टसहित बोल्छ प्रेम आले बोल्दा । यो कुनै पूर्वाग्रही होइन । यो डकुमेन्टमा हामी हेर्न सक्छौं । सरिया (डण्डी) को १७२ रुपैयाँ केजी राखिएको छ । आजभन्दा १० वर्ष अगाडिको कुरा । त्यो बेला ६३ देखि ६५ रुपैयाँ रेट रहेछ । यहाँ १०७ रुपैयाँ खाएको छ ।’

लेखा समितिको आजको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता बारे लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा छलफल शुरु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै