काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अनुसार दुई छिमेकी मुलुक चीन र भारतले नेपालमा उत्पादित कृषि सामग्री (खाधन्न, फलफूल आदि) आ–आफनो मुलुकमा भित्राउन चाहेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा उत्पादित कृषि सामग्री चीन र भारतले आफना मुलुकमा भित्राउन खोजेको बताए ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले हामीले अचार,अलैंची, गलैंचा लगायतका सामग्री मात्र विदेश पठाउन सकेको बताउदै यी र अन्य सामग्रीको निर्यात बढाउनु पर्ने बताए ।
विदेशीको दृष्टिकोणमा हामी हस्तकला , गलैंचा , पस्मिना, अलैंची, अचार लगायतका सामग्रीमात्र निर्यात गर्न सक्छौं भन्ने छ त्यो सोचाइलाई परिवर्तन गरी मुलुकबाट अन्य सामग्री समेत निर्यात गर्न सक्छौं भनी उनीहरुलाई सन्देश दिनु आवश्यक रहेको अध्यक्ष श्रेष्ठेको भनाई छ । ‘हामीले कृषिबाट उत्पादित सामग्रीलाई विश्व बजारमा बिक्री हुने वस्तुहरु निर्माण गरी निर्यात गर्न सक्छौं,’ उनले भने ।
हामीले कच्चा पदार्थ निर्यात गरी सामग्री आयत गरिरहेको बताउदै उनले भने, ‘अबका दिनमा यहाँ उत्पादित कच्चा पदार्थलाई निर्यात भन्दा पनि उपभोग गर्न मिल्ने सामग्री उत्पादनतर्फ लाग्नु आवश्यक छ ।’
नेपालमा फलफुल , धागो लगायतका कच्चा पदार्थ उत्पादन हुने भए पनि जुस, कपडा लगायतका सामग्री भने आयात गरिएको पाईन्छ ।
आयातमा निर्भर हुदाँ व्यापार घाटा सदैव बढ्ने अध्यक्ष श्रेष्ठको भनाई छ । ‘हामीले आयातमा भन्दा निर्यातमा जोड दिनु आवश्यक छ जसले व्यपार घाटालाई समेत कम गरी मुलुकको विकासलाई सहयोग पुग्छ ,’ उनले भने ।
उनले विदेशीसँग सहकार्य गर्दै नेपालमा उत्पादन बढाउनेतर्फ पनि कर्मसले ध्यान दिएको बताए । कर्मसले विभिन्न समयमा विदेशीसँग सहकार्य गर्दै नेपाली उत्पादनलाई जोड दिएको बताए ।
अध्यक्ष श्रेष्ठले विदेशीसँगको सहकार्यसँगै वैदेशिक लगानी समेत मुलुकमा भित्रिने बताए । उनले मुलुकमा उधोग स्थापना गरी उत्पादन वृद्धि गर्न कोरिया, जापान, म्यानमार लगायतका मुलुकसँग सहकार्य गर्दै आएको बताँउदै आगामी दिनमा युरोपेली मुलुक फ्रान्स , इटली , जर्मनी लगायतका मुलुकसँग कमर्स सहकार्य गर्दै अघि बढ्ने बताए ।
नेपाल चेम्बर अफ कमर्शले पाँचौँ ‘नेपाल चेम्बर एक्स्पो, २०२०’ आयोजना आगामी फागुन १३ देखि १७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा गर्ने भएको छ ।









