काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।
आज दिउँसो २ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बैठक बस्न लागेको हो।
बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध प्राप्त उजुरी खोल्ने र सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, प्रस्तावित न्यायाधीशहरूको सुनुवाइसम्बन्धी कार्यतालिका पारित गर्ने र उनीहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यक्रम पनि रहेको समितिले जानकारी दिएको छ ।









