• २०८३ कार्तिक १९ बिहीबार

गुगलले पाँच देशका कर्मचारीलाई दियो स्वेच्छिक अवकाशको प्रस्ताव

गुगलले पाँच देशका कर्मचारीलाई दियो स्वेच्छिक अवकाशको प्रस्ताव

काठमाडौं । प्रविधि कम्पनी गुगलले खर्च कटौती र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्न आर्थिक सुविधा दिने कार्यक्रम ल्याएको छ ।

गुगलले क्यानडा, फ्रान्स, जर्मनी, जापान र स्विट्जरल्यान्डका केही कर्मचारीलाई स्वेच्छिक बहिर्गमन प्याकेज प्रस्ताव गरेको हो । कम्पनीले यसअघि अमेरिका र बेलायतका केही विभागमा पनि यस्तो कार्यक्रम सञ्चालन गरिएको थियो ।

कम्पनीले कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङमा बढी ध्यान केन्द्रित गर्दै स्रोतसाधनलाई प्राथमिकताका क्षेत्रमा स्थानान्तरण गर्न खोजेको र यही क्रममा कर्मचारी व्यवस्थापन र खर्च कटौतीको योजना अघि बढाइएको बताएको छ ।

सेप्टेम्बर २०२६ को अन्त्यसम्म गुगलमा करिब २ लाख ४ हजार कर्मचारी पुगेका थिए । पछिल्लो ६ महिनामा कम्पनीले करिब १० हजार कर्मचारी थपेको थियो । साइबर सुरक्षा कम्पनी विजको अधिग्रहणपछि थपिएका करिब २ हजार कर्मचारी पनि यसमा समावेश छन् ।

स्विट्जरल्यान्डको ज्युरिखस्थित गुगल कार्यालयका कर्मचारीलाई दिइएको प्रस्तावअनुसार स्वेच्छिक अवकाश लिनेले सेवाको प्रत्येक वर्षबापत एक महिनाको तलब पाउनेछन् । यस्तो सुविधा अधिकतम १२ महिनाको तलबसम्म हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै