• २०८३ कार्तिक १९ बिहीबार

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामन्य वृद्धि भएको छ । आज बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३  विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५८ कम्पनिका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन रिइन्सुरेन्सको शेयरमा ११.४८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिभिल बैंक डिभेन्चरको शेयर ६.३४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी स्वेत गंगा हाइड्रोको ८५ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने घोराही सिमेन्टको ५१ करोड २४ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै