• २०८३ असार ८ सोमबार

नवलपुरमा इभी भ्यान दुर्घटना, चालकसहित ८ जना घाइते

नवलपुरमा इभी भ्यान दुर्घटना, चालकसहित ८ जना घाइते

नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजी स्थित एपीएफ क्याम्प नजिक पूर्व–पश्चिम राजमार्गमा पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२-०३ च १२०५ नम्बरको इभी भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये जिल्ला प्युठान माण्डवी गाउँपालिका–०२ बस्ने २४ वर्षीय चालक विष्णु घर्तीको शरिरका विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ । त्यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिका–०२ बस्ने ३१ वर्षीय अर्बिन्द्र अग्रवालको हातखुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ । उनकी २६ वर्षीया श्रीमती प्रभा अग्रवालको पनि हातखुट्टामा चोट लागेको छ र अवस्था सामान्य रहेको छ । अर्बिन्द्र र प्रभा अग्रवालका १८ महिनाका छोरा ऋषी अग्रवालको टाउको तथा हातखुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ ।

यस्तै, कृष्णनगर–०२ बस्ने २६ वर्षीया रिधि सिंहघानियाको दाहिने कान तथा हातखुट्टामा चोट लागेको छ र अवस्था सामान्य रहेको छ । सोही स्थान बस्ने २३ वर्षीया शेरी सिंह, १७ वर्षीया सिवानी अग्रवाल र २६ वर्षीय रिषभ अग्रवाल पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै