• २०८३ असार ८ सोमबार

विष्णु पौडेललाई नेपालगञ्जबाट काठमाडौँ ल्याइदै

विष्णु पौडेललाई नेपालगञ्जबाट काठमाडौँ ल्याइदै

काठमाडौँ  । सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट काठमाडौँ ल्याउन लागिएको छ ।

सुर्खेतमा पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएकै बेला पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लागेको थियो । उनलाई नेपालगञ्जबाट जहाजमा काठमाडौँ ल्याइदै गरेको प्रहरीले जानकारी दिएको छ ।    

बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै